इरानद्धारा इजरायलमाथि एक साथ भारी मात्रामा मिसायल बर्षा, विश्व शक्ति सन्तुलन खतरामा

Advertisement

काठमाडौं । लामो समयको तनाबपछि इरानले एक साथ इजरायलमाथि भारी मात्रामा क्षेप्यास्त्र (मिसायल)को बर्षा गरेको छ । इरानले सयौको संख्या गरेका मिसायलमध्ये केही इजरायलको हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरे पनि केही भने रोक्न असफल भएको थियो । 

तेलअभिवस्थित सैन्य अड्डाहरुलाई लक्षित गर्दै गरिएको मिसायल आक्रमण गैरसैन्य क्षेत्र समेत प्रभावित भएको बीबीसीले जनाएको छ । आक्रमणमा अहिलेसम्म कतिको ज्यान गएको छ ? आधिकारिकरुपमा पुष्टि गरिएको छैन् । 

Advertisement

प्यालेस्टानी विद्रोही समूह हमासको आक्रमणपछि इजरायलले सुरु गरेको प्रत्याक्रमणमा झण्डै ४० हजारको ज्यान गइसकेको छ । 

इरानी विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जाल एक्समा इरानले आफ्नो सैन्य कारबाही पूरा गरेको जनाउँदै इजरायले जबाफी कारबाही गरेमा थप हमला गर्ने चेतावनी दिएका छन् । 

यता इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानले ठूलो गल्ती गरेको बताउँदै त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् । 

इरानी राष्ट्रपति मसूद पेजेस्कियानले मङ्गलवार राती गरिएका हमलालाई आफ्नो देशको वैध अधिकार बताउँदै त्यो इरान र यस क्षेत्रको शान्ति र सुरक्षाको उद्देश्यसाथ गरिएको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा लेख्दै उनले हमलालाई इरानी स्वार्थ र नागरिकको प्रतिरक्षाका लागि इजरायललाई दिइएको एउटा निर्णायक जबाफ बताएका छन् ।

नेतन्याहूललाई सम्बोधन गर्दै उनले इरानसँग युद्ध उन्माद नभएको तर जुनसुकै खतराविरुद्ध जोडदार रूपले खडा हुने कुरा इजरायली प्रधानमन्त्रीले बुझ्नुपर्ने बताए ।

उनले ती हमला इरानको क्षमताको केही झलक मात्र रहेको भन्दै इरानसँग द्वन्द्वमा संलग्न नहुन चेतावनी दिए ।

इरानी हमलापछि राष्ट्रपति जो बाइडनले इजरेलप्रति अमेरिकी साथ निरन्तर रहेको कुरा दोहोर्याएका छन् । उनले तेहरानको हमलालाई पराजित र निष्प्रभावी बताउँदै उक्त हमलालाई निष्फल तुल्याउन इजरेलसँग अमेरिकी सेनाले मिलेर काम गरेको बताएका छन्।

ब्रिटिश प्रधानमन्त्री कार्यालयले इरानी हमलाको निन्दा गरेको छ । इजरायलमा हवाई हमलाको चेतावनीयुक्त साइरस बजेपछि मानिसहरू सुरक्षित स्थानमा आश्रय लिन पुगेका थिए । नेपालीहरुले समेत मिसाइल आक्रमणको तस्वीर र भिडियोहरु राख्दै आफूहरु असुरक्षित रहेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । 

संयुक्त राष्ट्रसङ्घ र युरोपेली सङ्घ ईयूले युद्धविरामको माग दोहोर्‍याएका छन् । राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठक बुधवारका लागि बोलाइएको छ । इरान–इजरायल युद्ध चर्किएमा मध्यपूर्वको तनावले विश्व शक्ति सन्तुलन डगमगाउनसक्ने र तेस्रो विश्वयुद्धको स्थितिसमेत आउनसक्ने अडकल गरिएको छ । 

Advertisement

Advertisement