ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल असोज महिनाको १४ गते सोमबार, आश्विन कृष्णपक्षको त्रयोदशी तिथि । आज सोह्रश्राद्ध अर्थात पितृपक्षअन्तर्गत त्रयोदशीश्राद्ध रहेको छ । आज सोम प्रदोष ब्रत ।
मेष
शेयर बजारमा गुमाउनु पर्ने छ । व्यवस्थापकीय क्षमतामा अभिबृद्धि हुने छ । पेशागत जीवन शुभ रहने छ । अघि बढाएका कामहरुबाट लाभ मिल्ने छ । कमाईमा पनि बृद्धि हुने छ । तर दुव्र्यसनका क्षेत्रहरुमा लाग्ने जोखिम देखिएकाले सतर्क रहनु होला । दाम्पत्य जीवनमा कटुता आउने छ ।
वृष
शेयर बजारमा अपेक्षाकृत लाभ नभए पनि घाटा पनि हुने छैन् । आँटिलो स्वाभाव हुने भएकाले जोखिमले भरिएका विषयमा निर्णयहरु गर्न मन लाग्ने छ । पेशागत जीवनमा आफु भन्दा माथिका बोसहरुसँग झैझगडा र मतभेद उत्पन्न हुने छ । आर्थिक पक्ष भने सवल नै रहने छ । खर्चको मात्राहरु पनि बढेन जाने छ । बोली कडा हुने हुँदा ध्यान दिनु होला ।
मिथुन
शेयर बजारबाट लाभ मिल्ने छ । पेशागत क्षेत्रमा आफुले खेलेको भूमिकाको उच्च कदर हुने छ । ब्यापार बिजनेशमा पनि लाभ प्राप्त हुने छ । आर्थिक पक्ष सवल हुने हुँदा यसले आत्मविश्वास बढाउने छ । तर परिवारमा भने तनावपूर्ण अवस्था विद्यमान रहने छ । स्वास्थ्य समस्याका कारण केही उर्जाकोे अभाव हुने छ ।
कर्कट
शेयर बजारबाट लाभ प्राप्त हुने छ । रमाईलो र रसिक स्वाभावको व्यक्तित्व हुने हुँदा अरुको मन जित्न सकिने छ । पेशागत जीवनबाट आम्दानीमा बृद्धि हुने छ । वाहन सुख मिल्ने छ । मनोरञ्जनात्मक कार्यमा धेरै खर्च हुने छ । साथिभाइको विश्वास आर्जन हुने छ । बोली प्रभावकारी रहने हुँदा अरुको मन जित्न सकिने छ ।
सिंह
शेयर बजारबाट फाइदा मिल्ने छ । पेशागत जीवनमा सुधार आउने छ । आर्थिक चुनौतिहरुमा आफन्तहरुको साथ हुने छ । जीतमा पनि हारमा पनि एकै खालको स्वाभाव हुने छ । मनमा आँट र भरोषा कायम रहँदा स–साना असफलताहरुले धेरै नकारात्मक प्रभाव पार्ने छैनन् । सामाजिक जीवनको छवीमा कमि आउने छ ।
कन्या
शेयर बजार औसत खालको रहने छ । राम्रो गर्न खोज्दाखोज्दै पनि अरुले सोअनुरुप ग्रहण गर्ने छैनन् । समय केही चुनौतिपूर्ण चलिरहेकाले धैर्यतासाथ अघि बढ्नु होला । पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नु पर्ने छ । स्वास्थ्यमा समस्या आउने छ । आर्थिक सन्तुलनमा गडबढि पैदा हुँदा दबाब सृजना हुने छ ।
तुला
शेयर बजारबाट आंशिक लाभ मिल्ने छ । मनमा वैचैनीको अवस्था विद्यमान रहँदा उत्साहको कमि रहने छ । पेशागत जीवन द्वन्दबाट गुज्रनु पर्ने छ । धेरै बोल्ने बानीले काम बिग्रने छ । आर्थिक कठिनाईहरुको सामना गर्नुपर्ने छ । भविष्य प्रतिको चिन्ता बढि लिँदा मनमा डर र भयले सताउने छ ।
वृश्चिक
शेयर क्षेत्र अनुकुल रहने छ । आर्थिक पक्ष सन्तुलित रहने छ । पेशागत जीवनमा उन्नति प्रगति हुने छ । ठुला बडा मानिसहरुले विश्वास गर्ने हुँदा इज्यत बढ्न पुग्ने छ । खर्च केही बढ्न जाँदा बचतको अवस्था भने न्युन हुने छ । मनमा उत्साह र उमङ्गको भने कमि हुने छ । परिवारमा किचलो रहने छ ।
धनु
शेयर बजार औसत खालको रहने छ । मनोबल कमजोर हुँदा स–साना विषयमा पनि मनमा भय उत्पन्न हुन जाने छ । परिवारमा शान्तिपूर्ण वातावरण बन्न सक्ने छैन् । पेशागत जीवनमा आरोपको अवस्था खेप्नु पर्ने छ । कमाईमा पनि भारी गिरावट देखिँदा आर्थिक दबाब सृजना हुने छ । दाम्पत्य जीवनमा मतभेदहरु देखिने छ ।
मकर
शेयर बजारमा लाभ मिल्ने छैन् । आँटेका कामहरुमा मेहनत धेरै तर त्यसको नतिजा ढिला गरि थोरै मात्र आउने छ । पेशागत जीवन सहज बन्ने छैन् । तसर्थ सन्तुलित भएर चल्ने प्रयास गर्नु नै ठीक होला । भोगविलासका विषयहरु तर्फ मन खिचिने छ । खराव मानिसहरुको संगत त्याग्नेतर्फ विचार गरेमा उत्तम हुने छ । अध्ययन अध्यापनतर्फ रुचि जाने छैन् ।
कुम्भ
पेशागत जीवन सहज बन्ने छ । पदोन्नति हुने वा थप जिम्मेबारी मिल्ने छ । सृजनशिल स्वाभाव हुने हुँदा कल्पनात्मक सृजनशिलतामा मन केन्द्रीत हुने छ । सामाजिक जीवनमा पुरस्कार तथा कदरहरु प्राप्त हुने छ । आर्थिक रुपमा पनि सहज अवस्था रहने छ । परिवारमा मिलन तथा शान्तिपूर्ण तावरण रहने छ । चिसोजन्य स्वास्थ्य समस्याले सताउने छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।
मीन
शेयर बजारमा नोक्सानी व्योहर्नु पर्ने छ । आरोप प्रत्यारोपको अवस्था आउने छ । पेशागत जीवनमा सन्तुलन बिग्रन जाने छ । आर्थिक अवस्था भने सन्तुलित नै रहने छ । परिवारमा तनावपूर्ण वातावरण रहने हुनाले मानसिक अशान्ति आउने छ । निन्द्रामा समस्या देखिने र मनमा तनाव छाइरहने छ ।
(गुरु पन्तः ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८४१५२७५१०)