काठमाडौं । नेपाल राष्ट्र बैंकले रु.१० दरका ३४ करोड थान बैंक नोट छाप्ने भएको छ ।
आर्थिक वर्ष २०८१/८२ का लागि रु.१० दरका ३४० मिलियन अर्थात् ३४ करोड थान बैंकनोट छपाई, ढुवानी तथा व्यवस्थापन सम्बन्धी अन्तराष्ट्रिय बोलकबोल भएकोमा चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, चाइना छनोट भएको केन्द्रीय बैंकले जनाएको हो ।
मंगलबार केन्द्रीय बैंकनोट छपाईको ठेक्का उक्त चिनियाँ कम्पनीले पाएको आशय पत्र जारी गरेको छ ।
उक्त चिनियाँ कम्पनीले नोट छपाईदेखि ढुवानी तथा अन्य व्यवस्थापनका लागि कूल ७० लाख ११ हजार अमेरिकी डलरमा ठेक्का हालेको छ ।