हर्क साम्पाङले उपमेयरलाई नभई वडाध्यक्षलाई का.वा. तोकेर बेलायत जानलागेपछि खैलाबैला

Advertisement

काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले उपमेयरलाई नभई वडाध्यक्षलाई कार्यबहाक तोकेर बेलायत जान लागेपछि खेलाबैला सुरु भएको छ । 

उनले आज (मंगलबार)देखि वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन् । साम्पाङ अक्टोबर १७ मा बेलायत जाँदै छन् । उपप्रमुख हुँदाहुँदै वडाध्यक्ष लोकेन्द्रकुमार फागुलाई उनले कार्यवाहक मेयरको जिम्मेवारी दिएपछि मेयर र उपमेयरबीचको तिक्तता निकै गहिरो भएको देखिएको छ । 

Advertisement

उपप्रमुखमा माओवादी केन्द्रबाट निर्वाचित अइन्द्रविक्रम बेघा छन् भने फागु नम्बर ११ का वडा अध्यक्ष हुन् । नोभेम्बर २ मा फर्किनेगरी बेलायत जान लागेका साम्पाङले फागुलाई पत्र पठाउँदै असोज २८ गतेदेखि बेलायतबाट नफर्किएसम्मका लागि कार्यवाहक जिम्मेवारी तोकेको जानकारी दिएका छन् । 

उनले का.वा. मेयरलाई कामको जिम्मेवारी बुँदागत रुपमा तोकेका छन् । साम्पाङले पत्रमा आर्थिक सहयोग एक दिनको ५ हजार रुपियाँ मात्र अधिकतम् गर्ने, कार्यपालिका बैठक बोलाउन नपाउने, दश दलले तोडफोड गरेको गेट र नगरपालिकाको बोर्ड मर्मत नगर्ने, रेडबुकका कुनै बजेटका योजनाहरु स्वीकृत नगर्ने र कसैको सिफारिसमा करार तथा ज्यालादारीमा कर्मचारी नथप्ने साथै सरुवा बढुवा नगर्ने शर्तसहित कार्यबाहकको जिम्मेवारी दिएका छन् ।

Advertisement

Advertisement