पेट्रोल, डिजेलको मूल्य बढ्यो

Advertisement

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बुधबार बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १ रुपियाँ र डिजेल/मट्टीतेलमा प्रतिलिटर समान ४ रुपियाँले मूल्य बढाएको हो ।

योसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपियाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५१ रुपियाँ पुगेको छ ।

Advertisement

पछिल्लो पटक अक्टोबर १५ मा भारती आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य शुचि अनुसार मूल्य बढेर आएसँगै स्वचालित मूल्य निर्धारण प्रणाली अनुसार नयाँ दर निर्धारण गरिएको निगमले जनाएको छ।

यता खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्यमा भने कुनै हेरफेर भएको छैन ।

undefined

 

Advertisement

Advertisement