दावा याङ्जुम शेर्पा विश्वका ८ हजार मिटर अग्ला १४ वटा शिखर चुम्ने पहिलो नेपाली महिला बन्न‌ सफल

दावा याङ्जुम शेर्पाले रचिन् इतिहास, शिशपाङ्मा हिमालको सफलतापूर्वक आरोहण

Advertisement

काठमाडौं । कीर्तिमानी पर्वतारोही दावा याङ्जुम शेर्पा विश्वका आठ हजार मिटर भन्दा अग्ला १४ वटा शिखरहरु चुम्ने पहिलो नेपाली महिला बन्न‌ सफल भएकी छिन् ।  

आज बिहान ५ बजे उनले शिशपाङ्मा हिमालको सफलतापूर्वक आरोहण गरेको क्लाइम्बलया टेक्स एण्ड एक्सपेडिशन कम्पनीका निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए ।

Advertisement

चीनमा रहेको शिशपाङ्मा हिमालको सफलतापूर्वक आरोहणसँगै उनी विश्वका आठ हजार भन्दा अग्ला १४ वटा शिखरहरु चुम्ने पहिलो महिला बनेकी हुन् । उनले यसअघि विश्वका आठ हजार मिटर अग्ला १४ वाटै हिमालहरु मध्ये १३ वटाको आरोहण गरिसकेकी थिइन् । 

शेर्पा अन्तर्राष्ट्रिय माउन्टेन गाइडको लाइसेन्स प्राप्त गर्ने एशियाकै पहिलो महिला हुनुका साथै रोलेक्स घडीको सबैभन्दा कान्छी ब्रान्ड एम्बेसडर र ‘द नर्थ फेस’को ‘एथलिट’ पनि हुन् । साथै, उनीसहित पासाङ ल्हामु शेर्पा अकिता र माया शेर्पा पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो केटु हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला पनि हुन् । 

दोलखा रोल्वालिङ उपत्यका (ना गाउँ–४,२०० मिटर उचाइमा रहेको) मा जन्मिएकी शेर्पा आफू मात्र नभइ विश्व बजारमा नेपाल र नेपालीलाई चिनाउने एक साहसी महिला पनि हुन् । 

Advertisement

Advertisement