मुक्तिनाथ विकास बैंक र आईडीई नेपालबीच साझेदारी

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंक र आईडीई नेपालको सहकार्यमा वित्तीय समावेशीकरण, तालिम तथा क्षमता अभिवृद्धि लगायतका विकास कार्यक्रम संचालन गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

उक्त समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र आईडीई ्नेपालको तर्फबाट कन्ट्री डाईरेक्टर श्री प्रजुना केसीले हस्ताक्षर गरेका छन् ।  

Advertisement

उक्त सहकार्यले नेपालमा विद्यमान सामाजिक, आर्थिक चुनौतिहरुलाई सम्बोधन गर्न र दिगो विकासलाई प्रवद्र्धन गर्न सहयोग पुग्नेछ । 

दुवै संस्थाहरुको साझेदारीले वित्तीय सुधार सहितको समावेशीता, ग्रामीण विकासमा टेवा, साना किसानहरुलाई प्रोत्साहन, खाद्य सुरक्षा तथा चेतना, जलवायु परिवर्तन र गरिबी न्यूनीकरण लगायतका क्षेत्रमा योगदान दिन सकिने अपेक्षा गरिएको छ ।


 

Advertisement

Advertisement