आरोही कल्याणकारी कोष स्थापना गर्ने पर्यटन मन्त्री पाण्डेको घोषणा

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आरोही कल्याणकारी कोषको स्थापना गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले बताएका छन् । 

हिजो काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको हलमा नेपाल पर्वतारोहण संघले तिब्बतको शिशापाङ आरोहण गरि कीर्तिमान बनाएर फर्किएका पर्वतारोहीहरुका लागि आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्र्दै मन्त्री पाण्डेले भने, ‘आरोही कल्याणकारी कोषलाई कसरी पुनर्संरचना गर्ने ? यसलाई आगामी दिनमा आरोहीहरुको कल्याणमा कसरी उपयोग गर्ने ? भन्ने दिशामा पर्यटन मन्त्रालयले नीति र कार्यक्रम बनाउने छ ।’

Advertisement

पर्यटन मन्त्रालयले पर्यटन नीति नयाँ बनाउन लागि रहेको र त्यसको लागि मस्यौदा पनि तयार भइरहेको उनले जानकारी दिए । 

Advertisement

Advertisement