फेरि घट्यो बैंकहरूको औसत ब्याजदर, ११ ले बढाउँदा ९ को स्थिर (सूचीसहित)

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर असोज महिनाको तुलनामा घटेको छ ।

असोज महिनामा ६.३९८ प्रतिशत विन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर कात्तिक महिनामा घटेर ६.१८७ प्रतिशत विन्दुमा झरेको छ । अघिल्लो महिनाको तुलनामा कात्तिकमा यस्तो ब्याजदर ०.२१० प्रतिशत विन्दुले घटेको हो।

Advertisement

२० मध्ये १० वाणिज्य बैंकले यस्तो खाताको ब्याजदर घटाएका छन् भने ९ वाणिज्य बैंकले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । त्यस्तै एक वाणिज्य बैंकले ब्याजदर बढाएको छ ।

व्यक्तिगत मुद्दती निक्षेपमा असोज महिनाको तुलनामा सर्वाधिक ब्याजदर घटाउने बैंकमा सिटिजन्स बैंक र हिमालयन बैंक रहेका छन् । यी दुबै बैंकहरुले ०.७५ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । 

त्यसैगरी ब्याजदर बढाउने बैंक भने सानिमा बैंक रहेको छ । बैंकले निक्षेपको ब्याजदर ०.२५ प्रतिशतविन्दु बढाएको छ ।

कात्तिक महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज माछापुच्छ्रे बैंकले दिने भएको छ भने सबैभन्दा कम ब्याज सिटिजन्स बैंकले दिने भएको छ ।

undefined

Advertisement

Advertisement