यी दुई बैंकले कात्तिकमा पनि असोजकै ब्याजदरलाई निरन्तरता दिने

Advertisement

काठमाडौं । कुमारी बैंक र एभरेष्ट बैंकले कात्तिकका लागि ब्याजदर स्थिर राखेका छन् । 

दुवै बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका हुन् । 

Advertisement

एभरेष्ट बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत तोकेको छ । यस्तै बैंकले कात्तिकमा साधारण बचत खातामा ३.०५ प्रतिशत ब्याज प्रदान गर्नेछ ।

यता, कुमारी बैंकले भने कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.०१ प्रतिशत र संस्थागततर्फ ५.०१ प्रतिशत तोकेको छ । साधारण बचत खातामा ४.५१ प्रतिशत ब्याज दिनेछ । असोजमा पनि यही ब्याजदर कायम थियो । 

Advertisement

Advertisement