राशिफलः आज (कार्तिक १) तपाइँको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल कार्तिक महिनाको १ गते बिहीबार, आश्विन शुक्लपक्षको पूर्णिमा तिथि । आज पूर्णिमा व्रत तथा आकाशदीप दान आरम्भ ।

मेष 
अकस्मात नयाँ सम्बन्ध विस्तार हुने छ, यसले विश्वासिलो वातावरण विकास गर्ने छ । पेशागत जीवनमा थप जिम्मेबारी प्राप्त हुने छ । दृढ ब्यक्तित्व हुने र परिवारको साथ पाइने भएकाले कामहरुमा सहजता प्राप्त हुने छ । आर्थिक पक्ष सवल रहने छ । यात्रामा उत्साह आउने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

Advertisement

वृष 
यात्रामा उल्झन व्योहर्नु पर्ने छ । धेरै जोखिमले भरिएका काम भन्दा औसत यात्रालाई ध्यान दिनु ठिक हुने देखिन्छ । बोलीको प्रभाव घट्न पुग्ने छ । परिवारका सदस्यहरुको सहयोगले गर्दा अवरुद्ध कामहरु अघि बढाउन मद्दत भने अवश्य मिल्ने छ । विश्वास गरेका व्यक्तिहरुबाट धोका हुने छ, सचेत रहनु होला । 

मिथुन 
नयाँ अवसर आउने छन् । भायको साथ रहेको छ । जीवनसाथिको साथसहित काम गरेर निकै उन्नति हुने छ । साझेदारीका कामहरुमा लाभ उत्पन्न हुने छ । बोलीको प्रभावमा बढोत्तरी हुने छ । आर्थिक सहजता उत्पन्न हुने छ । पेशागत जीवन मध्यम खालको हुने छ । शेयर क्षेत्र औसत रहने छ ।

कर्कट
अरुबाट मनोवैज्ञानिक रुपमा मद्दत भन्दा आलोचना बढि आउने छ । यसले मनमा हतोत्साह हुने छ । भित्र भित्र रिस धेरै उठ्न जाने भएकाले संयमित रहनु होला । यात्रामा कठिनाई भोग्नु पर्ने छ । दाम्पत्य जीवनमा बादबिबाद र उल्झनको अवस्था आउने छ । शेयर बजारमा गुमाउनु पर्ने छ । 

सिंह
आर्थिक आम्दानीमा बृद्धि हुने छ । पेशा ब्यवसायमा सकारात्मक लाभ मिल्ने छ । बोलीको क्राममा अलि कडा शैली हुने भएकाले ध्यान दिनु होला । परिवारको साथले जीवनमा ठुलो भुमिका खेल्ने छ । विदेश यात्रा हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

कन्या
दृढतामा बृद्धि हुने छ । कठिन कठिन कार्यमा अघि बढ्न मन लाग्ने छ । तर मनमा अस्थिर खाले विचारहरु बढि आउने छन् । भाग्य बलियो रहेकाले सफलताका दर बढि रहने छ । पेशागत जीवनमा अनुकुल अवस्था निम्तिने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

तुला
चिन्ताग्रस्त व्यक्तित्व हुने छ । भविष्य प्रतिको भय मनमा उत्पन्न हुने छ । नकारात्मक विचारले मनमा सताउने छ । दाम्पत्य जीवनमा कटुताको अवस्था आउने छ । पेशागत जीवन मध्यम खालको रहने छ भने आर्थिक अवस्थामा केही कमजोरी देखा पर्ने छ । यात्रामा उल्झन हुने छ । शेयर बजारबाट भने झिनो लाभ मिल्ने छ । 

वृश्चिक
पेशागत जीवनमा अवरोध र बादबिबादको क्रम भोग्नु पर्ने छ । साझेदारीमा गरिएका कामहरुमा पनि समस्याहरु देखा पर्ने छ । सन्तानका गतिबिधिबाट लज्जित हुनु पर्ने छ । प्रतिकुल समय चलिरहेकाले संयमित रहनु होला । शेयर बजारमा गुमाउनु पर्ने समय चलिरहेको छ ।

धनु 
यात्रामा कठिनाई भए पनि अन्ततः यात्रा सम्पन्न हुने छ । भाग्यको बलियो साथ रहेको छ । थोरै सक्रियतामा पनि उच्च प्रतिफल प्राप्त हुने छ । आम्दानीमा केही बृद्धि हुने छ । कर्मशिलतामा हुने बृद्धिले पेशागत जीवनमा सकारात्मक मोड ल्याउने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

मकर 
अरुको विश्वास आर्जन हुने छ । उच्च मनोबल भएको र आँटिलो व्यक्तित्व बन्ने छ । मनमा सकारात्मक विचारहरु आउने र आँटेका कामहरु अघि बढ्ने छन् । भाग्य बलियो भएकाले पेशागत जीवन र ब्यवसायमा सफलता हात लाग्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

कुम्भ 
आफ्नो र परिवारका बीच सोचाईको दुरीले असमझदारी आउने छ । राम्रो सोच्दा सोच्दै पनि अरुले यसको अर्थ अनर्थ लगाउने छन् । समय प्रतिकुलताबाट गुज्रने छ । पारीवारिक जीवनमा द्वन्दात्मक अवस्था उत्पन्न हुने छ । नेतृत्व क्षमतामा कमि आउने छ । आम्दानीमा पनि गिरावट आउने भएकाले संयमित रहनु नै उपयुक्त हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छैन् ।

मीन
अरुको विश्वास आर्जन हुने छ । मित्रहरुको साथमा सामुहिकताको भावना जागृत हुने छ । मेहनत र पराक्रमी बानीमा भने कमि आउने र आलस्यताले सताउने छ । ब्यक्तित्वमा केही गिरावट आउने छ । आर्थिक क्षति हुने चुनौति देखिएको छ । शेयर बजारबाट आशा गरे जस्तो लाभ मिल्ने छैन् ।

(गुरु पन्तः ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement