मनकामना केवल कार थप तीन दिन बन्द रहने

Advertisement

काठमाडौं । मनकामना केबलकार तीन दिनसम्म बन्द हुने भएको छ । भोलि मंगलबारदेखि तीन दिनसम्म केवलकार बन्द हुने सूचना जारी गरिएको छ ।

मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्न लागिएको हो । मनकामना दर्शन प्रालिका अनुसार दशैँको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार बन्द गरिएको थियो भने द्वादशीको एक दिन भने केबलकार चलाइएको छ ।

Advertisement

केबलकारको सेवालाई हालैमात्र डिजिटलाइज्ड सिस्टममा स्तरोन्नती गरिएको छ । त्यसका लागि नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरुलाई छोट्याउनुपर्ने लगायतका काम बाँकी छन् । बाँकी काम असोज २९ र ३० गते सकिने अनुमान छ । कात्तिक २ गतेदेखि सेवा सुरु गरिने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement