भारी बर्षापछि देश संकटकालिन स्थितिमा, प्रधानमन्त्री अमेरिकामा खुद्रे कार्यक्रममा रमाउँदै

Advertisement

काठमाडौँ । देशभर अविरल भारी बर्षाले बित्तण्डा मच्चाउँदा देश नै संकटकालिन अवस्थामा पुग्दा प्रधानमन्त्री केपी ओली भने अमेरिकामा खुद्रे कार्यक्रममा रमाएका छन् । 

शुक्रबारदेखि नै बाढी, पहिलो र डुवानले गर्दा देशभरको जनजीवन प्रभावित बन्न सुरु भएको खबर आउँदा पनि उनी भ्रमण छोट्याएर फर्किनुको सट्टा सानातिना कार्यक्रममा अडकिएर बसेका छन् । 

Advertisement

ओलीले राष्ट्र संघको महासभामा बिहीबार नै सम्बोधन गरिसकेका छन् । जल तथा मौसम विज्ञान विभाग र मौसमविद्हरुले पहिलेदेखि नै भारी बर्षा हुने भन्दै सतर्कता अपनाउन सचेत गराउँदै आएका थिए । 

तर असोज ४ गते न्युयोर्क प्रस्थान गरेका ओली अझै दुई दिन नेपाल फर्किने योजनामा छैनन् । उनले राष्ट्रसंघमा सम्बोधनपछि केही देशका सरकार प्रमुख र राष्ट्र संघका प्रतिनिधिलाई भेट्ने र अनावश्यक कार्यक्रममा भाग लिएर समय बिताएका छन् । 

ओली असोज १४ गते मात्रै फर्किने तयारीमा छन् । 

Advertisement

Advertisement