पञ्चायतकालका उद्योगधन्दाको विवरण हेर्दा महेन्द्र गज्जबका ‘भिजनरी’ राजा रहेछन्ः दाहाल

Advertisement

काठमाडौं । एक दशक लामो हिंसात्मक आन्दोलनबाट नेपाली राजनीतिमा उदाएका माओवादी केन्द्रका नेता पुष्पकमल दाहालले राजा महेन्द्रलाई ‘भिजनरी’को संज्ञा दिएका दिएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसँगको भेटमा उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदाको प्रशंग कोट्याउँदै भनेका छन्, ‘पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पञ्चायतकालमा धेरै राम्रो काम भएको रहेछ । राजा महेन्द्र त गग्जबका ‘भिजनरी’ राजा रहेछन् ।’

Advertisement

दाहालसँगको भेट र संवादको कुरा मिश्रले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । सोमबार भएको भनिएको भेटमा दाहालले अहिलेकै स्थितिमा देश चल्दैन भन्ने निष्कर्षमा आफू पनि पुगेको र आफ्नो पार्टीको प्रशिक्षणहरुमा पनि आफूले सो कुरा भन्ने गरेको बताएका छन् । 

हिंसात्मक द्धन्द्धको बेला आफ्ना केही साथी राजसंस्थाको विपक्षमा भए पनि आफू भने देशको हित हुन्छ भने राजासँग मिलेर जाउँ भन्ने पक्षमा रहेको उनले दावी गरेका छन् । दाहालको संकेत नेता बाबुराम भट्टराईतर्फ लक्षित थियो । 

२०६२–६३ को आन्दोलनताका राजा ज्ञानेन्द्र केही नरम भइदिएको भए आज परिस्थिति अर्कै हुनसक्थ्यो भन्दै नेता दाहालले देशमा विदेशी हस्तक्षेप चरम अवस्थामा पुगेको स्वीकार गरेका छन् । 

उनले राजसंस्थाको पक्षमा अहिले नै सहमत भइहाल्ने पक्षमा आफू नरहेको बताएका छन् । दाहाल भन्छन्, ‘म अहिले नै तपाइँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन । तर राती सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ । ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो ।

दाहालसँगको भेटमा आफूले भनेका कुराहरु उल्लेख गर्दै मिश्रले देश विस्फोटनको अवस्थामा पुगेको बताएका छन् । राजसंस्था पुनस्थापनामा उनले जोड दिएका छन् । मिश्रले भनेका छन्, ‘अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश ुविस्फोटनको अवस्थाु तिर उन्मुख हुँदैछ। र त्यतिबेला तपाइँहरूको ‘अग्रगमन’, नाम र सालिक केही बाँकी रहने छैन । लामो व्याख्यासहित सारमा मैले यही भनेँ ।’

उनले थपेका छन्, ‘कौसीमा लामो संवाद गरेर तल ओर्लिंदा माओवादी पार्टीका दर्जनौँ साथीहरू प्रचण्डजीलाई पर्खेर बसिरहेका थिए । सतहमा उनीहरू आफ्नो नेता पर्खिरहेका थिए । तर गहिराइमा उनीहरू यो देश कहिले बन्ला र मेरा बालबच्चा–बाबुआमाले सुख पाउलान् भनेर पर्खिरहेका करोडौं नेपालीका प्रतिनिधि पात्र थिए । उनीहरूको जीवन पर्खिएरै बितिसकेको छ। बित्नेछ भन्नेमा संभवतः उनीहरू अनभिज्ञ थिए । म चाहिँ ‘ईश्वर नै स्वर्गबाट झरेर देश बनाइदिन्छु’ भने पनि वर्तमान प्रणालीमा यो देश बन्दैन र अझ बिग्रिन्छ भन्नेमा विश्वस्त छु ।

Advertisement

Advertisement