सिडिएस एन्ड क्लियरिङमा जागिर खुल्यो, कति चाहिन्छ योग्यता ?

Advertisement

काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसी) ले रिक्त पदपूर्तिका लागि विभिन्न पदमा दरखास्त खुलाएको छ । 

कम्पनीले आन्तरिक, खुला तथा समावेशी प्रयोगिताबाट स्थायी पदपूर्ति गर्ने गरी सहायक प्रबन्धक, वरिष्ठ आईटी अधिकृत, अधिकृत र वरिष्ठ कम्प्युटर अपरेट पदका लागि दरखास्त खुलाएको हो । 

Advertisement

उल्लिखित प्रत्येक पदमा १–१ जनाका दरले जनशक्ति माग गरिएको छ । 

इच्छुक र योग्य नेपाली नागरिकले कात्तिक २२ गतेसम्म दरखास्त दिन सक्नेछन् । त्यस्तै, दोब्बर दस्तुर तिरी कात्तिक २९ गतेसम्म दरखास्त दिन सकिने बताइएको छ ।

दरखास्त कम्पनीको कार्यालय पुतलीसडक, काठमाडौंमा बुझाउनुपर्नेछ । 

undefined

Advertisement

Advertisement