खानेपानी संस्थानले माग्यो महाप्रबन्धक, कति चाहिन्छ योग्यता ?

Advertisement

काठमाडौं । खानेपानी मन्त्रालयअन्तर्गतको नेपाल खानेपानी संस्थानले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।

संस्थानले रिक्त रहेको महाप्रबन्धक पदमा योग्य र इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । 

Advertisement

महाप्रबन्धक बन्न मान्यताप्राप्त शैक्षिक संस्थाबाट इन्जिनियरिङ, व्यवस्थगापन वा जनप्रशासनमध्ये एक विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । 

उक्त पदको सेवा अवधि ३ वर्षको हुनेछ । 

दरखास्त ३० दिनभित्र खानेपानी मन्त्रालय (प्रशासन महाशाखा) सिंहदरबार, काठमाडौंमा बुझाउन सकिनेछ । 

यसका लागि फारामलगायतका विवरण मन्त्रालयको वेबसाइटबाट डाउनलोन गर्न सकिने बताइएको छ । 

undefined

Advertisement

Advertisement