यस्तो छ मन्त्रिपरिषद्को २३ निर्णय
यस्तो छ मन्त्रिपरिषद्को २३ निर्णय
काठमाडौं । सरकारले विपदजन्य राहत तथा पुनर्निर्माण सामाग्री आयातमा भन्सार छुट दिने निर्णय गरेको छ । कात्तिक २ गते बसेको मन्त्रिपरिषदको बैठकले विपदजन्य घटनालाई सम्बोधन गर्ने गरी राहत तथा पुनः निर्माण प्रयोजनार्थ नेपाल सरकारलाई अनुदान स्वरुप प्राप्त हुने मालवस्तुमा भन्सार महसुल छुट दिने निर्णय गरेको हो ।
तथापि यस्तो भन्सार छुट अन्य निजी क्षेत्र, समाजिक संघ संस्था तथा व्यक्तिमार्फत आउँदा भने छुट हुनेछैन ।
यसैगरी सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्रस्ताव गरिएको करिब १३५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
विश्व बैंकबाट नेपाल डिजास्टर रिसाइलेन्सी डेभलपमेन्ट पोलिसी क्रेडिट वीथ क्याटास्ट्रोपी ड्र डाउन अप्सन’ मार्फत उपलब्ध हुने १५० मिलियन अमेरिकी डलर (करिव २० अर्ब १२ करोड नेपाली रुपियाँ बराबर) को सहुलियतपूर्ण ऋण सहायता समेत स्वीकार गर्ने सरकारले निर्णय गरेको छ ।