सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्नसक्ने

Advertisement

नयाँदिल्ली (एएनआई) । भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले सन् २०७५ सम्ममा भारत पाँच सय २५ खर्ब अमेरिकी डलरका साथ विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था हुने गोल्डम्यान स्याक्सको अध्ययनले जनाएको बताएका छन् । 
     
अध्ययनले सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान गरेको पनि उनले बताए ।  
द इन्डिया सेन्चुरी भन्ने विषयवस्तुको बारेमा बोल्दै जयशंकरले भने, “एक दशकअघि विश्वको दशौँ ठूलो अर्थतन्त्र भएको भारत अहिले पाँचौँ स्थानमा छ । दशकको अन्त्यसम्ममा तेस्रो हुने सम्भावना छ ।”     
     
जयशङ्करले भारतको प्रतिभा र सीपबारे प्रकाश पार्दै यो करिब दिन प्रतिदिन बढिरहेको उल्लेख गरे । उनका अनुसार युरोप र उत्तर अमेरिकाले भारतबाट प्रतिभा र सीपको सहज प्रवाह चाहन्छन् ।     
     
उनी भन्छन्, “मलाई लाग्छ कि त्यहाँ अन्य तरिकाहरू छन्, जुन अझ प्रभावकारी हुन सक्छ । यदि प्रविधि, एआई र सेमीकन्डक्टरहरूमा ठूला बहसहरू हेर्नुहुन्छ भने भारतीय प्रतिभा र सीपको महत्त्व दिनप्रतिदिन बढ्दै गएको छ ।”

Advertisement

Advertisement

Advertisement