राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई सचेत गरायो-‘निर्देशन पालना गर्नू’

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन पालना नगरेको भन्दै दुई वाणिज्य बैंकलाई सचेत गराइएको छ । 

राष्ट्र बैंक, बैंक सुपरीवेक्षण विभागले आज चालु आवको पहिलो त्रैमासको रिपोर्ट सार्वजनिक गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकलाई सचेत गराएको उल्लेख गरेको छ । 

Advertisement

इन्भेष्टमेन्ट बैंकले बैंक खाता खोल्दा–सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधान अपनाएको नदेखिएकोले राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा १ को क अनुसार सचेत गराइएको छ । 

त्यस्तै प्रभु बैंकले लकर रोक्का राख्न राष्ट्र बैंकबाट दिइएको निर्देशन पालना नगरेकाले सचेत गराइएको आज सार्वजनिक रिपोर्टमा उल्लेख छ । 

undefined

Advertisement

Advertisement