काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सरोकारवाला निकाय तथा पक्षसँग नीति सम्वाद गर्ने भएको छ । पछिल्लो समय नेपालको सहकारी अभियानमा देखिएका समस्या र चुनौतीलाई नीतिगत रूपमा नै सम्वोधन गर्र्ने गरी महासंघको नेतृत्वमा पहिलो पटक सरकार, सहकारी संघ/संस्था तथा सरोकारवाला निकायहरूको सहभागितामा वृहत ‘सहकारीका सवाल सम्वन्धि नीति सम्वाद’ गर्ने भएको हो ।
कार्यक्रम कात्तिक ११ र १२ गते ललितपुर स्थित हेरिटेज गार्डेन होटलमा आयोजना गरिने महासंघले जनाएको छ । सरोकारवाला पक्षहरुबीचको छलफल कार्यक्रमका माध्यमद्धारा एकीकृत धारणा तय गरिने महासंघले जनाएको छ।
कार्यक्रमको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले गर्ने छन् भने सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानविन समितिका सभापति सूर्य थापाको विशेष सम्बोधन हुने महासंघले जनाएको छ । कार्यक्रममा वक्ताको रुपमा पूर्व अर्थसचिव रामेश्वर खनालको समेत सहभागिता रहने महासंघले जानकारी दिएको छ ।