तिहारपछिको पहिलो दिन ६ करोड राजस्व उठ्यो, झण्डै एक खर्ब बजेट घाटामा

Advertisement

काठमाडौं । तिहार पछिल्लो पहिलो दिन अर्थात् सोमबार ६ करोड रुपियाँ बढी राजस्व संकलन भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक १९ गते राजस्व तथा गैरराजस्व गरी कूल ६ करोड २ लाख रुपियाँ संकलन भएको हो । 

कूल संकलित राजस्वमध्ये राजस्वतर्फ ३ करोड ६७ लाख रुपियाँ रहेको छ भने गैरराजस्वतर्फ २ करोड ३० लाख रुपियाँ रहेको छ । योसँगै चालु आर्थिक वर्षको कात्तिक १९ गतेसम्म कूल संकलित राजस्वको स्थिति दुई खर्ब ८५ अर्ब ८८ करोड ४७ लाख रुपियाँ पुगेको छ । यो लक्षित राजस्वको १९.४३ प्रतिशतको उपलब्धी हो । 

Advertisement

सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपियाँ राजस्व संकलनको लक्ष्य राखेको छ । 

आर्थिक वर्षका लागि कूल १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपियाँ बराबरको अनुमानित बजेट ल्याएको सरकारले समीक्षा अवधिमा तीन खर्ब ८२ अर्ब ५१ करोड ९१ लाख रुपियाँ बराबरको खर्च गरेको छ । यो कूल विनियोजित बजेटको २०.५६ प्रतिशतको खर्च हो । 

तुलनात्मक रुपमा संकलित राजस्व भन्दा ९६ अर्ब ६३ करोड ४४ लाख रुपियाँ बढी खर्च गरेको सरकार सोही बराबरको बजेटरी घाटामा रहेको छ । 

Advertisement

Advertisement