काठमाडौं । सानिमा बैंक र आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज (कात्तिक २१) अन्तिम दिन रहेको छ ।
यी दुवै संस्थाले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक २५ गते अर्थात् आइतबार बुक क्लोज गर्दैछन् ।
भोलि बिहीबार (कात्तिक २२ गते) बिहीबार छठको बिदा छ । त्यसैले यी संस्थाको बुक क्लोजअघिको अन्तिम कारोबार दिन आज हो ।
आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले दुवै संस्थाको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
सानिमा बैंकले मंसिर ४ गते, मंगलबार, आम्रपाली बैङक्वेट, भाटभटेनी, काठमाडौंमा २० औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पुँजीको ५.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, आशा लघुवित्तले भने मंसिर ७ गते, शुक्रबार, होटल उग्रचण्डी, बनेपा–७, काभ्रेपलाञ्चोकमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ । सभा, दिउँसो ३ बजे शुरु हुनेछ ।
सभाले १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।