काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयरको लिलाम बिक्री खुला गरेको छ ।
लघुवित्तले संस्थापक समूहको नाममा रहेको कुल ४४ हजार १४३ कित्ता शेयर बिक्री गर्न लागेको हो ।
यो शेयर संस्थापक शेयरधनी, जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न सक्नेछन् । प्रतिकित्ता न्यूनतम मूल्य ५६७ रुपियाँ तोकिएको उक्त शेयर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
लगानीकर्ताले शेयर खरिद गर्दा न्यूनतम १ हजार कित्ता वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
इच्छुक खरिदकर्ताले आज (कात्तिक २१ गते) देखि मंसिर ५ गतेसम्म लघुवित्तको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा आफूले खरिद गर्न चाहेको शेयर संख्या र दररेट खुलाई गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ ।
गोप्य शिलबन्दी मंसिर ६ गते बिहीबार दिउँसो ३ बजे एनआइएमबि एस क्यापिटलको कार्यालमा खोलिनेछ ।