काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बैंकले संस्थापक शेयरधनीको नाममा रहेको २ लाख ४३ हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।
यो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले खरिद गर्न पाउनेछन् ।
शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालय बानेश्वर–१० काठमाडौंमा रहेको कानुन विभागमा लिखित आवेदन दिनुपर्नेछ ।
३५ दिनभित्र संस्थापक शेयरधनीबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।