इन्फोडेभलपर्स प्रालि र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी

Advertisement

काठमाडौँ । इन्फोडेभलपर्स प्रालि र सांग्रिला डेभलपमेन्ट बैंकबीच व्यवसायिक सेवाका लाग समझदारी भएको छ । 

इन्फोडेभलपर्सलेको “कम्प्रिहेन्सिभ रिकन्सिलेसन सिस्टक” (सीआरएस) प्रणाली सांग्रिला डेभलपमेन्ट बैंकमा लागू गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

Advertisement

बैंकले प्रवाह गर्ने सेवाहरू स्वचालिन र सरल बनाउनका लागि सीएसआर सफ्टवेयरले भूमिका खेल्ने भएको छ । यस सम्बन्धी सम्झौतामा इन्फोडेभलपर्स प्रालिका निर्देशक अर्बिन प्रधान र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख संचालन अधिकृत अपूर्वप्रसाद जोशीले हस्ताक्षर गरेका छन् ।  

सो अवसरमा इन्फोडेभलपर्सको तर्फबाट कर्पोरेट म्यानेजर सुबास पौडेल, म्यानेजर दिलीप दवाडी तथा सांग्रिला डेभलपमेन्ट बैंकका सूचना प्रविधि प्रमुख सन्तोष पंगेनी लगायतको उपस्थिति थियो । 

सीएसआर सफ्टवेयरले वित्तीय डाटा म्याच सुनिश्चित गरेर सुल्झाउने प्रक्रियालाई सरल बनाउने छ, जुन वित्तीय इंटिग्रिटी कायम राख्नका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । 

Advertisement

Advertisement