काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको खुद नाफा १९.५० प्रतिशतले बढेको छ ।
गत आवमा ५ करोड ११ लाख रुपियाँ नाफा कमाएको कम्पनीले यस अवधिमा ६ करोड १ लाख रुपियाँ खुद नाफा कमाएको छ ।
असोज मसान्तसम्म कम्पनीले २२ करोड ४७ लाख रुपियाँ खुद बीमा शुल्क आर्जन गरेको, जुन गत आवमा २२ करोड ५२ लाख रुपियाँ थियो ।
त्यस्तै, पहिलो त्रैमाससम्म कम्पनीले ५६ करोड ४१ लाख रुपियाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५८ करोड ३४ लाख रुपियाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ३.३० प्रतिशत घटेको हो ।
त्यस्तै गत आवमा ४२ करोड ६८ लाख रुपियाँ कुल आम्दानी गरेको कम्पनीले चालू आवको पहिलो त्रैमासम्म ४५ करोड ९३ लाख रुपियाँ कुल आम्दानी गरेको छ ।
३ अर्ब २ करोड ९३ लाख रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी ६.७५ रुपैयाँबाट बढेर ८.०६ रुपियाँ पुगेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ १९०.४९ रुपियाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ७७.३० गुणा रहेको छ ।