काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म शिवम् सिमेन्ट्सको नाफा धनात्मक भएको छ ।
गत वर्षको सोही अवधिमा कम्पनी ५ करोड ३४ लाख नोक्सानीमा रहेको कम्पनीले समीक्षा अवधिमा १ करोड २७ लाख रुपियाँ खुद नाफा कमाएको छ ।
असोज मसान्तसम्म कम्पनीको व्यापार १ अर्ब ४० करोड रुपियाँ पुगेको छ । यो आवको सोही अवधिको तुलनामा १३.५९ प्रतिशतले कम हो ।
त्यस्तै, वित्तीय खर्च पनि १ करोड ५४ लाखबाट घटेर २७ लाख रुपैयाँमा झरेको छ ।
कम्पनीको अन्य आम्दानी भने करिब ४०० प्रतिशत बढेको छ । खर्च घट्दा र अन्य आम्दानी बढ्दा कम्पनी नाफामा गएको हो ।
५ अर्ब २ करोड ७० लाख रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ५३ करोड रुपियाँ सञ्चित छ ।
समीक्षा अवधिमा शेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपियाँ रहेको छ भने प्रतिशेयर आम्दानी १.०२ रुपियाँ र प्रतिशेयर नेटवर्थ १८९.२८ रुपियाँ रहेको छ ।