बीएमडब्लू-५ को सिरिज भारतमा सार्वजनिक, मूल्य ४९ लाख भारु

Advertisement

एजेन्सी (नयाँ दिल्ली): जर्मन प्रिमियम सवारी उत्पादक बीएमडब्लूले भारतीय बजारमा नयाँ सेडान कार सार्वजनिक गरेको छ । बीएमडब्लूले सातौं पुस्ताको बीएमडब्लू फाइभ सिरिज बजारमा ल्याएको हो ।

बीएमडब्लूको सर्वाधिक विक्री हुने मोडलको अल न्यू भर्सन फाइभ सिरिजको मूल्य भारतीय बजारमा ४९ लाख ४९ हजारदेखि ६१ लाख ३० हजार भारुसम्म कायम गरिएको छ ।

कम्पनीले उपलब्ध गराएको नयाँ मोडलको कार डिजेल तथा पेट्रोल दुवै इन्जिनमा उपलब्ध रहेको छ। भारतका सर्वाधिक लोकप्रिय क्रिकेट खेलाडी सचिन तेन्दुलकर बीएमडब्लू फाइभ सिरिज सार्वजनिकीकरणमा उपस्थित थिए ।

२०१७ मोडलमा ३ मेरियन्टमा उपलब्ध रहेको छ । २.० लिटर, ३ लिटर र २ लिटर इन्जिन क्षमतामा उपलब्ध छ । यो सबै भर्सनमा ८ स्पिड अटोमेटिक ट्रान्समिसन रहेको छ । यो कारको डेलिभरी यही महिनादेखि हुनेछ । गत महिनाको अन्त्यमा कार सार्वजनिक भएको भए पनि जीएसटीको कार्यान्वयनपछि मात्र डेलिभरी दिने कम्पनीले नयाँ कार सार्वजनिक गर्न क्रममा जनाएको थियो ।

यो कार बीएमडब्लूको चेन्नइमा रहेको प्लान्टमा एसेम्बल्ड भएको हो । यो कार अघिल्लो भर्सनको तुलनामा ७० केजी कम तौलयुक्त रहेको छ । यो कारमा रहेको प्रविधिले कार चालकलाई सहयोग गर्ने कम्पनीले जनाएको छ ।

बीएमडब्लू फाइभ सिरिजमा जेस्चर कन्ट्रोल र सराउन्डिङ भ्युसहित रिमोट कन्ट्रोल पार्किङ समेत समावेश गरिएको छ । बीएमडब्लू फाइभ सिरिज एउटा उत्कृष्ट सेडान कार भएको कम्पनीले जनाएको छ । नयाँ कारको ह्विलबेस २९ सय ७० एमएम रहेको छ भने लेगरुम समेत बढाइएको छ ।

Advertisement

Advertisement

Advertisement