उद्योग बाणिज्य महासंघले शुरु गर्यो हटलाइन सेवा

Advertisement

काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघले आइतबारदेखि सीधा टेलिफोन सम्पर्क (हटलाइन) सेवा शुरु गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले आफ्नो कार्यकालको तीन महिना पुगेका अवसरमा हटलाइन टेलिफोन सेवा १६६००१०००१८ को शुभारम्भ गरेकी हुन ।

अध्यक्ष राणाले उद्योगी, व्यवसायी र संघका सदस्यका सुझाव तथा समस्या एवं अन्य जानकारीको तत्काल समाधान र अभिलेख राख्ने उद्देश्यबाट सीधासम्र्क सेवा सुरु गरेको बताइन । सिधासम्पर्क सेवा हाल १० बजेदेखि ५ बजेसम्म गर्न सकिन्छ । राणा महासंघको ५१ औँ महाधिवेशनबाट २०७३ चैत २९ गते अध्यक्ष पदमा निर्वाचित भएकी हुन ।

Advertisement

Advertisement

Advertisement