मिस टुरिजमको दोस्रो संस्करण कात्तिक १८ गते हुने, उद्देश्य–पर्यटन प्रवद्र्धन

Advertisement

काठमाडौंः मिस टुरिजमको दोस्रो संस्करण आउँदो कात्तिक १८ गते आयोजना गरिने आयोजक प्वाइन्ट मिडिया प्रालिले जानकारी दिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यो प्रतियोगिता गर्न लागिएको हो ।

यसपटक “मिस टुरिजम–२०१७” मा सहभागी हुन चाहनेहरूका लागि आज सोमबारदेखि असोज ६ गतेसम्म देशभर आवेदन खुल्ला गरिएको छ । प्रतियोगिताका लागि १८ देखि २५ वर्ष उमेर समूहका अविवाहित नेपाली महिलाहरूले आवेदन दिन पाउनेछन् ।

यो कार्यक्रमले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तीकरण र नेपाली नारीहरूलाई नयाँ अवसरहरूको सिर्जना गर्नुका साथै नेपालका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन, आन्तरिक पर्यटकहरूको वृद्धि गर्दै नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रवद्र्धन गर्ने आयोजकको अपेक्षा छ ।

मिस टुरिजम–२०१७ लाई नगद रु ५० हजार, नेपालका स्थापित संस्था र उत्पादनको विज्ञापन खेल्ने अवसर तथा विभिन्न संस्थाका ब्राण्ड एम्बेसडर पनि नियुक्त गरिने जनाइएको छ । त्यस्तै, मिस टुरिजम फस्ट रनर अप लाई नगद रु ३० हजार र मिस टुरिजम सेकेण्ड रनर अप लाई नगद रु २० हजार प्रदान गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसरहरू पनि प्रदान गरिने छ ।

Advertisement

Advertisement

Advertisement