किङ्स कलेजको आयोजनामा अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन सुरु, २० देशका प्रतिनिधि सहभागी

Advertisement

काठमाडौंः दिगो उद्यमशीलता तथा आर्थिक विकास थिममा १६औं इन्टरनेशनल आन्टरप्रेनरसीप फोरम (अन्तर्राष्ट्रिय उद्यमशीलता मञ्च– आइइएफ) सम्मेलन बिहीबारदेखि राजधानीमा सुरु भएको छ । बेलायतको इसेक्स विजनेश स्कुलसँगको सहकार्यमा किंग्स कलेजले आयोजना गरेको यस सम्मेलनको उद्घाटन सिंचाइ मन्त्री संजय गौतमले गरे ।

मन्त्री गौतमले नेपालमा तत्कालिक रुपमा उद्यमशीलताको विकास गनुपर्ने हालको परिप्रेक्षमा आइइएफ सम्मेलनको आयोजना सान्दर्भिक भएको जनाए । नेपालमा बढ्दै गइरहेको श्रम तथा बौद्धिक पलायनले समस्या सिर्जना गरिरहेको आंैल्याउँदै उनले वैकल्पिक जिविकोपार्जनका लागि उद्यमशीलताको विकास तथा प्रबद्र्धनमा सबै एकजुट भएर लाग्नुपर्ने बताए । गौतमले उद्यमशीलतालाई दिगो रुपमा अघि बढाउन सके मात्रै व्यक्तिगत तथा राष्ट्रिय सफलता हासिल हुने बताए ।

सम्मेलनका प्रमुख वक्ता इसेक्स विजनेश स्कुलका प्रोफेसर जय मित्राले उद्यमशीलता सम्पूर्ण संसारलाई गतिदिनका आवश्यक नयाँ विचार तथा समाधानको खोजी भएको बताए । त्यसका लागि आवश्यक नविन प्रविधिको आवश्यकता आंैल्याउँदै उनले मानव संशाधन, प्रविधि र आर्थिक, समाजिक तथा वातावरणीय स्रोतहरुको दिगो प्रयोगमाथि जोड दिए ।

राष्ट्रिय योजना आयोजकका पूर्व उपाध्यक्ष डा यूवराज खतिवडाले कतिपय दिगो विकास लक्ष्य हासिल गर्नका लागि हालको संस्थागत संरचना बाधक रहेको जनाउँदै सो संरचनालाई गम्भीरतापूर्वक सच्याउनुपर्ने खतिवडाले बताए ।

आयोजक किङ्गस कलेजकाअनुसार सम्मेलनको पहिलो दिन बिहीबार नेपाली तथा २० भन्दा बढी मुलुकका शिक्षक, विद्यार्थी, उद्यमी, विज्ञ, अनुसन्धानकर्ता, व्यापारी तथा ब्यवसायी तथा विकासे संस्थाका प्रतिनिधिहरु गरी पाँचसय जनाभन्दा बढीले सहभागिता जनाएका थिए ।

उद्यमशीलताको संस्कृतिलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस आइइएफ सम्मेलन नेपालमा पहिलो पटक भएको हो । सन् २००१ मा इटालीको नेपल्सबाट सुरु भएको यस सम्मेलनको आयोजना हालसम्म चीन, भारत, दक्षिण अफ्रिका, कोलम्बिया, टर्की, बहराइन, इटाली, लुथिनिया तथा लाट्भीयामा भइसेकेको छ ।

सम्मेलनअन्तर्गत प्लेनरी तथा प्यानल सेसन, शैक्षिक, नीतिगत तथा अभ्यासजन्य प्रस्तुती तथा छलफल, नेटवर्किङ, समाजिक अन्तरक्रिया तथा उत्कृष्ट प्रस्तुतीहरुलाई पुरष्कार लगायतका कार्यक्रमहरु समावेश गरिएको छ । यसबाहेक मेडेप परियोजनाअन्तर्गत छानिएका १० उत्कृष्ट बस्तुहरुको प्रदर्शनीमा १३ वटा स्टलहरु पनि राखिएको छ ।

सम्मेलनको दोस्रो दिन शुक्रबार पाँच वटा सफल उद्यमशीलताको यात्रा सम्बन्धी भिडियो पनि देखाइने जनाउँदै आयोजकले जसमा उत्कृष्ट चयन हुने एक भिडियोलाई ५० हजार रुपियाँ राशी बराबरको पुरस्कारले सम्मान गरिनेछ ।

Advertisement

Advertisement

Advertisement