मधेस र पहाडको नारा नलगाउ, राष्ट्र कमजोर भयोः पौडेल

Advertisement

पर्साः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताले नै राष्ट्रलाई बलियो र विकसित बनाउने बताएका छन् । पोखरिया नगरपालिकामा शुक्रबार कांग्रेसले आयोजना गरेको चुनावी सभामा बोल्दै उनले हिमाल, पहाड र तराईबीचको एकताले नै राष्ट्रको समृद्धिमा ठूलो भूमिका खेल्ने बताए ।

नेता पौडेलले उग्र पहाडवाद र मधेसवादको नारा लगाएर केही दलले राष्ट्रलाई कमजोर पार्न खोजिरहेको आरोप लगाउँदै सबै नेपालीको अधिकार प्रवद्र्धन गर्ने एक मात्र पार्टी कांग्रेसका उम्मेदवारलाई मतदान गर्न सबैमा आग्रह गरे।

‘कांग्रेसकै नेतृत्वमा आयो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान, अब कांग्रेसकै नेतृत्वमा बघि बढ्छ समृिद्धको अभियान’ भन्ने नारा लगाउँदै उनले देशको विकासका लागि नेपाली कांग्रेसको नेतृत्व अपरिहार्य रहेको बताए ।

नेता पौडेलले मुलुकको हरेक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दैआएको कांग्रेसको नेतृत्वमा नै लोकतान्त्रिक नेपालको समुचित विकास र समृद्धिको अभियान अघि बढ्ने विश्वास व्यक्त गरे ।

कांग्रेसका नेता एवं सांसद राजेन्द्रबहादुर अमात्य, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, पूर्व जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीलगायतले कांग्रेसका उम्मेदवारलाई मतदान गर्न सबै मतदातामा अपिल गरे।

Advertisement

Advertisement

Advertisement