नेपाल इन्भेष्टर फोरमको अध्यक्षमा अम्बिका पौडेल मनोनित

Advertisement

काठमाडौंः नेपाल इन्भेष्टर्स फोरमको अध्यक्षमा अम्बिका पौडेल मनोनित भएका छन् । डा. आत्माराम घिमिरेले गत भदौ २१ गते राजीनामा दिएकाले उक्त पदमा पौडेललाई मनोनित गरिएको फोरमले जनाएको छ ।

लगानीकर्ताहरुको हित संरक्षण गर्ने उद्देश्यले स्थपना भएको यस फोरमका उपाध्यक्ष रणकेशव प्रधानले पनि राजीनामा दिएकाले उक्त पदमा छोटेलाल रौनियारलाई मनोनयन गरिएको फोरमले जनाएको छ । पौडेल र रौनियारले घिमिरे र प्रधानको बाँकी कार्यकालसम्म काम गर्नेछन् ।

यसैगरी फोरमले रिक्त कार्यकारिणी सदस्यमा अञ्जिव तुलाधर र अतितलाल श्रेष्ठलाई मनोनयन गरेको छ । फोरमले नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा पुँजीबजार विकास गर्नसक्ने सक्षम र अनुभवी व्यक्तिलाई नियुक्त गर्न पनि सरकारसँग माग गरेको छ ।

Advertisement

Advertisement