मौसम पूर्वानुमान : आइतबारसम्मै वर्षाको सम्भावना, आज कुन-कुन प्रदेशमा हुँदैछ ?

Advertisement

काठमाडौं । अहिले काठमाडौं उपत्यकासहित कोशी, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहँदा देशभर आंशिक बदली हुन गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

Advertisement

विभागका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ । 

कोशी तथा बागमती प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

त्यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

राति भने कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ । पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गरहावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ ।

त्यस्तै, शनिबार भने सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायतका स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

आइतबार पनि देशभरका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Advertisement

Advertisement