'भैरवी'मासँगै अभिनय गर्दै प्रदिप र साम्राज्ञी

Advertisement

काठमाडौंः नायक प्रदिप खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले एउटै चलचित्रमा अभिनय गर्नें भएका छन् । साम्रज्ञीले 'ड्रिम्स' र 'ए मेरो हजुर २' जस्ता चलचित्रमा अभिनय गरिसकेकी छिन् भने प्रदिपले 'प्रेमगीत' र 'प्रेमगीत २' मा अभिनय गरिसकेका छन् । यी दुई स्टार नयाँ नेपाली चलचित्र 'भैरवी'मासँगै अभिनय गर्न लागेका हुन् ।

निर्माणको लागि करीब दुई महिना बाँकी रहदै उनीहरुले चलचित्रमा साइन गरिसकेका छन् । 'कृ' निर्माण गरिरहेका सुवास गिरीनै 'भैरवी'को निर्माता हुन् भने निर्देशकमा दिनेश राउत रहेका छन् । जस्ले एकपछि अर्को लभस्टोरी चलचित्रबाट आफुलाई उत्कृष्ट साबित गरिरहेका छन् । प्रप्त जानकारी अनुसार प्रदीपले चलचित्रमा साइन गरिसकेका छन् भने साम्राज्ञीसँग भने औपचारिक सम्झौता भैसकेको छैन । चलचित्र 'कायरा'मा कामगरे पछि साम्राज्ञीले ‘भैरवी’ का निर्माण पक्षलाई अनौपचारीका जानकारी दिएकी छिन् । प्रदीप भने 'लिलिविली'को छायांकन सकीएपछि उक्त चलचित्रलाई समय दिनेछन् ।

बैशाखको अन्तिम साताबाट चलचित्रको निर्माण सुरु गर्ने निर्माण टोलीको तयारी रहेको छ । भैरवी लभस्टोरीका साथै पिरियड कथामा आधारित चलचित्र हो । प्रदीप र साम्राज्ञीको 'भैरवी'लाई अर्को वर्षको भ्यालेन्टाइन डेको अवसर पारेर रिलिज गर्ने तयारी गरिएको छ ।

Advertisement

Advertisement