गुहेश्वरी मर्चेन्टको ४० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन

Advertisement

काठमाडौं: गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको ४० प्रतिशत हकप्रद सेयर भर्ने सोमबार अन्तिम दिन रहेको छ । फाइनान्सले कात्तिक १२ गतेदेखि १०ः४ अनुपातमा १९ लाख ७३ हजार ९२८.७७ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । जसअनुरूप असोज २६ गतेसम्म कायम सेयरधनीले मात्र यसमा आवेदन दिन पाउनेछन् ।

फाइनान्सको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स र गुहेश्वरीको हरिहर भवन, पुल्चोक ललितपुर तथा कम्पनीका अधिकांश शाखा कार्यालयबाट हकप्रद आवेदन गर्न मिल्नेछ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको पोखरा, विराटनगर, नारायणगढ, नेपालगञ्ज र धनगढी शाखाबाट पनि सेयर भर्न पाइने व्यवस्था छ ।

अहिले फाइनान्सको चुक्ता पुँजी ४९ करोड ३४ लाख ८२ हजार १९२ रुपियाँ छ । हकप्रद बिक्रीपछि फाइनान्सको चुक्ता पुँजी ६९ करोड ८ लाख ७५ हजार ६९ रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement