पौडेलको पराजयसँगै काँग्रेसमा निष्ठाको राजनीति संकटमा

Advertisement

दमौलीः २०४८ सालपछिको संसदीय र संविधानसभा निर्वाचनमा लगातार जित हासिल गर्दै आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल यस पटकको प्रतिनिधिसभा सदस्य चुनावमा भने पराजित भएका छन् ।

लोकतान्त्रिक आन्दोलनमा ठूलो त्याग र लामो जेल जीवन बिताएका पौडेललाई एमालेका कृष्णकुमार श्रेष्ठसँग पराजित भएका हुन । श्रेष्ठले ३४ हजार ४९२ मत ल्याएका छन् भने पौडेलले २७ हजार ६९० मत पाएका छन् ।

काँग्रेसभित्र निष्ठावान र इमान्दार नेताको छवी बनाएका पौडेलको पराजयले काँग्रेसलाई मात्रै नभएर मुलुकलाई उनको अभाव खडकिने देखिएको छ । विपक्षी एमालेदेखि पार्टी भित्रैका विकृतिहरुविरुद्ध समेत लडदै आएका पौडेल गरिव किसान र मजदुरहरुको उत्थान गरेर मात्रै मुलुकलाई माथि उठाउन सकिन्छ भन्ने समाजवादी विचारधाराका व्यक्ति हुन ।

काँग्रेस सभापति शेरबहादुर देउवाभन्दा उमेर र राजनीतिक योगदानले समेत पूराना नेता पौडेललाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्न निर्वाचन अघि पार्टीभित्र निकै दबाब बढेको थियो । कुनै शक्ति केन्द्रको आर्शिवादविना एक्लै संघर्ष गरेर पार्टीमा स्थापित भएका पौडेललाई पछाडि पार्न स्वयम काँग्रेसकै कतिपय नेताहरु लाग्दै आएका थिए ।

पौडेललाई भावी प्रधानमन्त्री घोषणा गर्न पार्टीभित्र उठेको उक्त मागप्रति अर्को पक्ष भने सन्तुष्ट थिएन । पौडेललाई किनारा लगाउन सकियो भने आफ्नो मार्ग प्रशस्त गर्न सकिन्छ भन्नेहरुले उनलाई पराजित गर्न खेल खेलेको तनहुँका कतिपय काँग्रेसीहरुको विश्लेषण छ ।

Advertisement

Advertisement

Advertisement