सेयर बजार अझै ओरालो गतिमा, नेप्से दोहोरो अंकले झर्यो

Advertisement

काठमाडौंः पछिल्लो निर्वाचन परिणामसँग ओरालो लागेको सेयर बजारको गिरावट साताको पहिलो दिन आइतबार पनि जारी रह्यो । सेयर बजार पसिरसुचक नेप्से आज ११ अंकले झरेर एक हजार ५०९ अंक कायम भएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसँगै बहुमतको सरकार बन्ने संभावना बढेको बेला सेयर बजार उल्टै ओरालो लाग्नुलाई धेरैले वाम–अर्थतन्त्रप्रति लगानीकर्ता आश्वस्त हुन नसकेको संकेतको रुपमा विश्लेषण गरिँदै आएको छ ।

यस निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठवन्धनले भारी बहुमत ल्याएको छ । गठवन्धनले सरकार निर्माणसँग लिने आर्थिक नीतिलाई लगानीकर्ताले हेरेर मात्रै थप लगानी गर्न पर्खिएर बसेको देखिन्छ । नेप्सेसँगै कारोबार घट्नुलाई लगानीकर्ता पर्ख र हेरको स्थितिमा रहेको विश्लेषकहरुले बताउँदै आएका छन् । आज जम्मा ५१ करोड रुपियाँको मात्रै कारोबार भयो, जुन सन्तोषजनक होइन् ।

समूहगत कारोबार हेर्दा आज वित्तीय कारोबार गर्ने र जलविद्युत क्षेत्रका कम्पनीहरुको सेयरमा भारी गिरावट देखिएको छ । यता होटल, उत्पादनमूलक र अन्य समूहको उपसुचक भने उकालो लागेको छ । सबैभन्दा बढि व्यापार समूहको उपसुचक चार दशमलव ५७ प्रतिशतले झरेको छ भने विकास बैंक र बीमा समूहको गिरावटको एक प्रतिशतभन्दा बढि छ ।

Advertisement

Advertisement

Advertisement