भारतीय अभिनेता सलमान खान नेपाल आउँदा चन्द्रागिरि घुम्ने

Advertisement

काठमाडौंः बलिउड इन्डष्ट्रिजका सुपरस्टार सलमान खानले चन्द्रागिरि हिल्सको भ्रमण गर्ने भएका छन् । दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा खान नेपाल आउदा हिल्सको भ्रमण गर्ने भएका हुन् ।

दवाङ्ग इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टको तर्फबाट हालै जर्डी पटेल, अडिल जगमगियाले चन्द्रागिरि हिल्स लिमिटेड परिसरको भ्रमण गरि उक्त कुरा जानकारी गराएका हुन् । उनीहरुका साथसाथै नेपालस्थित इभेन्ट व्यवस्थापन कम्पनी ओडीसी इन्टरटेन्मेन्टका प्रमुख सिमान्त गुरुङ्ग पनि सहभागी थिए ।

खानको आसन्न भ्रमणको विषयमा थप जानकारीका लागि यहि शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरिएको जनाइएको छ । पत्रकार सम्मेलनलाई सोहिल खानले सम्बोधन गर्नेछन् ।

Advertisement

Advertisement

Advertisement