हलहरुमा दुई स्टार निखिल उप्रेती र सौगात मल्लको भिडन्त

Advertisement

काठमाडौंः बिहीवारदेखि राजधानी बाहिरका हलहरुमा प्रदर्शनमा आएका नेपाली चलचित्र ‘पिंजडा ब्याक अगेन’ र ‘लालपुर्जा’ शुक्रबारदेखि राजधानीका हलहरुबाट पनि प्रदर्शन शुरु गरेका छन् । ‘पिंजडा ब्याक अगेन’ पारिवारिक कथा वस्तुमा आधारित छ भने ‘लालपुर्जा’ मा जग्गाको लागि हुने दाजुभाईको पारिवारिक कलह देखाइएको छ ।

फरक कथा वस्तुमा निर्माण भएका यी दुई चलचित्रको भिडन्तमा बाजी कस्ले मार्ने हो त्यो समयले देखाउछ । चलचित्र ‘पिंजडा ब्याक अगेन’ मा एक्सन स्टार निखिल उप्रेती र सारा सिपार्लीको मुख्य भुमिका रहेको छ । चलचित्रको निर्देशन हिमाल केसीले गरेका छन् भने ओम शाही भक्त मुभिज र ओम साइ मोलाकालिका पिक्र्चसको निर्माण गरेका हुन् ।

‘लालपुर्जा’ मा सौगात मल्ल, विपिन कार्की, मेनुका प्रधान, मिरुना मगर, हरिहर शर्मा, कामेश्वर चौरासिया लगाएतको अभिनय रहेको छ । चलचित्रको निर्देशनमा निगम श्रेष्ठ तथा छायाँकारमा नरेन्द्र मैनाली रहेका छन् ।नेगेटिभ बुद्धको व्यानरमा चलचित्र बनेको हो ।

निखिलको एक्सनले भरिएको नयाँ चलचित्र ‘पिजडा ब्याक अगेन’ आजबाट काठमाण्डौ बाहिर रिलिज भएको छ । भोलीबाट भने यो चलचित्र काठमाण्डौमा लाग्नेछ ।

Advertisement

Advertisement

Advertisement