सेयर बजारमा सुधारको संकेत, एकल अंकले बढेको नेप्सेमा कारोबार भने बढ्न सकेन

Advertisement

काठमाडौंः सेयर बजारमा विहीवार एकल अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ९ दशमलव ८० अंकले बढेर एक हजार ४ सय चार दसमलव ५३ अंकमा कायम भएको छ ।

बुधवार नेप्से एक दशमलव ६९ अंकले बढेर एक हजार ३९४ दशमलव ७३ अंक कायम भएको थियो । विहीवार सेयर बजारमा २८ करोड २२ लाख ४१ हजार ५५५ रुपियाँ बराबरका छ लाख ६२ हजार १६९ कित्ता सेयर कारोबार भए ।

आज बिशेष गरी वीमा, उत्पादनमुलक र होटल समुहका कारोबार राम्रो हुँदा नेप्सेमा एकल अंकको वृद्धि देखिएको हो । बीमा समूहमा ८९ दशमलव ०२ अंकको बृद्दी देखिएको छ जसमा पाँच करोड ५२ लाखमाथिको सेयर कारोबार भएका छन् । त्यस्तै, उत्पादनमुलक समूहको परिसूचक ३० दसमलव ४५ अंकले आठ लाख ७६ हजार ९८० रुपियाँका सेयर कारोबार भए ।

त्यस्तै, होटल समुहको परिसूचक २७ दसमलव ३५ अंकले बढ्दा कूल दुई करोड ७६ लाख बढीका सेयर कारोबार भए ।

आज नेप्सेमा विकास बैंक र अन्य समुहका परिसुचक बाहेक अरु सबै समुह हरिया रहे । आज सबै भन्दा बढी कमाउनेमा सानिमा माँई हाइड्रोपावर रहेको छ । उसको आज एक करोड ८१ लाख ३८ हजार २८ रुपियाँको सेयर कारोबार भएको छ ।

त्यस्तै आज सबै भन्दा बढी गुमाउनेमा गुहेश्वरी मर्चेन्ट बैंकिङ र फाइनान्स रहेको छ ।

‘क’ वर्गहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स दुई दशमलव ०२ अंकले वृद्दि हुँदा २९६ दशमलव ४१ अंक कायम भएको छ ।

Advertisement

Advertisement

Advertisement