हिमाल रेमिट र कोरियाको क्युएस रेमिटबीच रेमिट्यान्स कारोबार सुरु

Advertisement

काठमाडौंः हिमालयन बैंक र दक्षिण कोरियाको एनएनपी कोरिया कम्पनी (क्युएस)बीच रेमिट्यान्स कारोबार शुरु भएको छ ।

क्युएसको केन्द्रिय कार्यालयबाट नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटी तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाको उपस्थितिमा रेमिट्यान्सको कारोबार सुरु भएको हो ।

रेमिट्यान्स सेवा शुभारम्भको अवसरमा कोरियाका लागि नेपालका राजदूत अर्जुनजंग बहादुर सिंह, राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका कायम मुकायम उप–निर्देशक मीना अधिकारीको उपस्थिति रहेको थियो । साथै, क्युएस रेमिटका अध्यक्ष लिजोङ टिइग तथा संचालक मिनसियो पार्कका साथै अन्य व्यक्तीको पनि उपस्थिति रहेको बैंकले जनाएको छ ।

टिइगले यस सहकार्यबाट कोरियामा कार्यरत नेपालीहरुले सरल र सुरक्षित विप्रेषण सेवाको उपभोग गर्न पाउने बताए । कोरियाको रेमिट्यान्स कम्पनीमध्ये एक क्युएस रेमिटमार्पmत नेपाल आउने विप्रेषण हिमालयन बैंकको ४७ वटै शाखा र आठ हजार पाँच सयभन्दा बढी हिमालरेमिट काउन्टरबाट पाउन सकिने बैंकले छ ।

Advertisement

Advertisement

Advertisement