संघीयतामा खर्चको डुप्लिकेशन हुने संभावना धेरै छः गोविन्द नेपाल

Advertisement

काठमाडौंः अर्थविद् गोविन्द नेपालले विकास निर्माणको लागि वैदेशिक ऋण लिनै पर्ने बाध्यता अबको सरकारमा रहेको बताएका छन् । शनिबार रिपोर्टर्स क्लबमा उनले अबको बजेट निर्माण गर्दा वैदेशिक सहायताको अंश बढ्ने स्पष्ट पारे ।

नेपालले विकास निर्माणको लागि ऋण लिनैपर्ने बाध्यता मुलुकको सामू रहेको भन्दै भने, ‘सकेसम्म वैदेशिक सहायता लिँदा राम्रो हुन्छ, ऋण लिनको लागि फिस्कल स्पेस छ, तर खर्च गर्ने तरिकामा सुधार गर्नुपर्छ, मितव्ययिता कायम गर्नुपर्छ ।’

नेपालले संघीयता कार्यान्वयन गर्न स्रोत र साधन पर्याप्त रहेको उनले सुनाए । विज्ञ नेपालले भने, ‘संघीयतामा साधन र स्रोत भनेको कुरा रातारात उपलब्ध गर्न सकिने कुरा पनि होइन । तर यसको जोहो हुन्छ ।’

उनले प्रदेशको एकमात्रै स्रोत भनेको कृषि भएकोले अब यस्तै क्षेत्रमा आर्थिक क्रियाकलापहरु वृद्धि गर्नुपर्ने बताए । अर्थविद नेपालले मुलुक संघीय संरचनामा गएसँगै अबको बजेट वृद्धि हुने बताए । उनले खर्चमा डुप्लिकेशन हुने संभावना रहेको औंल्याए ।

नेपालले भने, ‘अबको बजेटको आकार बढ्छ, यसको लागि स्रोत र साधन जुटाउनुपर्छ, राजश्व वृद्धि एकैचोटि हुँदैन, अब हामी भर पर्ने भनेको ऋण (आन्तरिक तथा बाह्य) मा परनिर्भरता हुुनुपर्छ ।’

उनले अहिलेको सरकारले नियुक्ति लगायत अन्य निर्णयहरु गर्दा आउने सरकारलाई थप आर्थिक भार पर्ने बताए । नेपालले भने, ‘आउने सरकारलाई थुप्रै चूनौतिहरु छन्, अहिलेको सरकारले सामाजिक सुरक्षा भक्ता, सहिद घोषणा लगायत धेरै निर्णय गरेको छ, अझै घोषणा गर्ने क्रम जारी छ ।’ नेपालले अबको सरकारले करको दायरा फराकिलो र कर प्रशासन चुस्त बनाउनुतिर ध्यान दिनुपर्ने उनले सुझाव दिए ।

Advertisement

Advertisement

Advertisement