परराष्ट्रमन्त्रीलाई भेटेर तातोपानी र कोरला नाका खोल्न व्यवसायीको माग

Advertisement

काठमाडौंः नेपाल चेम्वर अफ कमर्सको टोलीले परारष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटी पर्यटकलाई लामो समयसम्म नेपाल बस्ने बाताबरण निर्माण गर्न आग्रह गरेको छ ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको टोलीले नेपाल भित्रिने पर्यटकलाई लामो समयसम्म नेपाल बस्ने, खर्च गर्ने बाताबरण निर्माणको साथै आर्थिक कुटनीतिमार्फत नेपालमा लगानी तथा पर्यटक आगमन वृद्धि गर्न, नेपालको व्यापारलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न आग्रह गर्यो ।

भेटमा श्रेष्ठले नेपाल र चीनबीचको व्यापारलाई प्रवद्र्धन गर्न तातोपानी, कोरलालगायतका नाकाहरुलाई व्यवस्थित बनाउनुपर्ने बताए । ती नाकाहरुबाट दुई दिनमा आइपुग्ने सामान लामो समय लाग्ने गरेको भन्दै उनले यसको असर व्यवसायीलाई मात्रै नभएर उपभोक्ता र सरकारलाई समेत पर्ने बताए ।

मन्त्री ज्ञवालीले नेपालमा लगानी सुरक्षित रहेको ग्यारेन्टी आफूहरुले दिएकाले विदेशी लगानी अब बढ्ने विश्वास व्यक्त गरे । उनले आर्थिक विकास आफ्नो पहिलो प्राथमिकता हो भन्दै त्यहीअनुसार कुटनीति सम्वन्धलाई अगाडि बढाइने बताए ।

टोलीमा चेम्वरका निवर्तमान अध्यक्ष सुरेश वस्नेत, उपाध्यक्षहरु दीपक मलहोत्रा, इच्छाराज तामाङलगायत थिए ।

Advertisement

Advertisement

Advertisement