‘नेपाल हब्र्स आयुर्वेद एक्स्पो २०१८’ वैशाख २१ गतेबाट

Advertisement

काठमाडौंः नेपाल हब्सै तथा हर्बल उत्पादक संघले भृकुटीमण्डपमा वैशाख २१ गतेदेखि ‘सातौं हब्र्स आयुर्वेद एक्स्पो २०१८’को आयोजना गर्ने भएको छ । संघले ‘अमृत जडीबृटी तपोभूमीको संकल्प, प्रयोग गरौं आरोग्य जीवनको विकल्प, स्वास्थ र सुखी नेपालीको चाहना, समृद्धिका लागि जडीबुटी उद्यम’ भन्ने नाराका साथ एक्स्पोको आयोजना गर्न लागेको हो ।

तीन दिनसम्म चल्ने महोत्सवमा देशभरका करिब एक सयभन्दा बढी व्यवसायीले स्टल राख्नेछन् । मेलामा अर्गानिक प्रमाणित जडिबुटी, कृषि उत्पादन, नेचुरल एग्रो प्रडक्ट, आर्युवेदिक औषधी र उपचार सेवा दिइने जनाइएको छ । साथै, सुगन्धित तेल, प्राकृतिक मह, मेसिनरी तथा टुल्सहरु, कस्मेटीक प्रडक्ट, होमियोेपेथि, नेचुरल ट्रिटमेन्ट लगायतका स्टल रहनेछन् ।

संघले विगतमा नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा एक्स्पोको आयोजना गर्दै आएपनि यसवर्षदेखि संघको एकल आयोजना हुने जनाइएको छ । मेलाले नेपालमा उत्पादित औषधि जन्य जडिबुटीको पहिचान र व्यापार वृद्दिमा सहयोग पुग्ने आयोजकले दाबी गरेको छ ।

जडिबुटी उत्पादनले नेपालको मौलिक वस्तुलाई महत्व दिनुकासाथै ग्रामिण क्षेत्रका मानिसहरुको जीवनस्तर सुर्धानलाई ८० प्रतिशत रोजगारी तथा आयश्रोत जडिबुटीले ओगटेको संघले बताएको छ । आयोजकले स्वदेशमा रोजगारी सृजना गर्दै आय आर्जनमा वृद्दि गर्नलाई हाल कायम कानुनहरुको संसोधन र प्रविधिमा लगानी गर्न सरकारसँग माग गरेको छ ।

प्रसोधन, प्रविधि तथा अनुसन्धानको अभावमा जडिबुटीको लाभ लिनलाई सरकारले लिने नीति कार्यक्रमको भूमिका महत्वपूर्ण हुने संघले बताएको छ । नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा पाँच प्रतिशत योगदान वन र जडिबुटी क्षेत्रको रहेकाले यसको संरक्षण, प्रवद्र्धन, प्रविधिमा र बजारमा लगानी गर्नुपर्ने माग पनि संघले गर्दै आएको छ ।

आवश्यक अनुसन्धान, परिक्षण, नियम कानुनको संसोधन तथा व्यवसायिकरण उन्मूख नहुँदा बहुमूल्य जडिबुटीलाई कौडिको भाउमा बिक्री गर्न परेकाले छिमेकी देशले सक्दो लाभ लिईरहेका छन् । सरकारले २०१० देखि निर्यातजन्य वस्तुहरुमा जडिबुटीको महत्व र यसको उचित व्यवस्थापन र व्यापार वृद्दिमा पहल सुरु गरेकाले यो कदमले देशका व्यवसायीलाई उत्साहित बनाएको संघले बताएको छ ।

Advertisement

Advertisement

Advertisement