नेपाली सेनाको बजेट दक्षिण एसियाको पाँचौ स्थानमा

Advertisement

काठमाडौंः वार्षीक सैन्य खर्चको रुपमा नेपाली सेनाको बजेट दक्षिण एसियाको पाँचौ स्थानमा परेको छ । द्वन्द्ध, हातहतियार तथा निशस्त्रीकरको प्रतिवेदन तयार गर्दै आएको अन्तर्राष्ट्रिय संस्था स्टकहोल्स इन्टरनेसनल् पिस रिसर्च इन्स्टिच्युटले नेपाल दक्षिण एसियाको पाँचौ स्थानमा परेको हो ।

उक्त संस्थाले सन् १९८८ देखि सन् २०१७ सम्म विश्वभरका विभिन्न देशको सैन्य खर्चसम्बन्धी विवरण सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार २०१७ मा नेपालको सैन्य खर्च ४० अर्ब ३८ करोड २० लाख रुपियाँ भएको छ ।

यस्तै सन् २०१६ मा नेपालको सैनिक खर्च ३४ अर्ब ५६ करोड ९० लाख रुपियाँ र २०१५ मा ३३ अर्ब १५ करोड ९० लाख रुपियाँ रहेको थियो । नेपालको सैन्य खर्च १० वर्ष अगाडीकोे तुलनामा तीन गुणाले बढेको देखाएको छ ।

सन् २००८ मा नेपालको सैनिक खर्च १३ अर्ब पाँच करोड रहेको उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement