सिद्धार्थको दुई लाख कित्ता सेयर जेठ ३ देखि लिलामीमा

Advertisement

काठमाडौंः सिद्धार्थ बैंकले दुई लाख कित्ता सेयर लिलामीमा ल्याउने भएको छ । बैंकले दुई लाख १४ हजार तीन सय कित्ता सेयर जेठ ३ गतेदेखि लिलामीमा बिक्री खुला गर्ने भएको हो ।

बैंकले संस्थापक तर्फ ४० जार २० दशमलव ६४ कित्ता र सर्वसाधारण तर्फ एक लाख ७४ हजार तीन सय १५ दशमलव ५५ कित्ता सेयर लिलामीमा ल्याउन लागेको हो । उक्त लिलामीको सेयरमा जेठ १० गतेसम्ममा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

बैंकको सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नक्साल र सिद्धार्थ बैंकको शाखा कार्यलयहरुबाट आवेदन दिन सकिनेछ । बैंकले २०७४ फागुन २ गतेदेखि चैत ६ गतेसम्म हकप्रद खुला गरेको थियो ।

सेयरको न्युनतम मूलय १०० रुपैयाँ तोकिएकाले सो भन्दा बढी मूल्य बोलकबोल गरेर आवेदन दिनुपर्नेछ । न्युनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने बिक्रि प्रबन्धकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement