विश्वकपमा रिचार्जरले ल्यायो ‘मोबाइल किन्दा टिभि सित्तैमा’ योजना

Advertisement

काठमाडौंः विश्वकप फुटबलको अवसरमा मोबाइल एप रिचार्जरले ग्राहकहरुलाई मोबाइल किन्दा टिभि सित्तैंमा दिने अफर ल्याएको छ । विश्वकप फुटबलको समयमा टिभि तथा मोबाइल किन्ने सोच बनाएका ग्राहकलाई लक्षित गर्दै रिचार्जरले यस्तो अफर ल्याएको हो ।

यस अघि केही घण्टाका लागि मात्र एक रुपैंयामा जर्सी उपलब्ध गराएको रिचार्जरले ‘मोबाइल किन्दा टिभि सित्तैंमा’ विश्वकप फुटबल सुरु हुने दिन बिहिबार देखि सुरु हुनेगरि एक साताका लागि सञ्चालन ल्याएको छ । यो अफर रिचार्जर को वेबसाइटमा नभई मोबाइल एपमा मात्र अफर लागू हुने रिचार्जरका प्रमुख कार्यकरी अधिकृत निराजन सिंहले बताए ।

गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले १०० रुपैंया क्यास व्याक पाउने छन्, त्यस पछि जति रुपियाँको मोबाइल रिचार्ज गर्यो त्यत्ति नै रुपियाँ क्यास व्याक पाउने छन् । यसरी प्राप्त हुने क्यास व्याकलाई रिचार्जर बाट सामान खरिद गर्दा प्रयोग गर्न सकिने अधिकृत सिंहले बताए ।

रिचार्जरबाट साओमीको एमआई मिक्स, एमआई एम फाईभ वान प्लस तथा जेटीईको एक्सन इलाइट मोडलका मोबाइल किन्नेहरुले १९ इञ्चको टेक्नोजको एलईडी टिभि पाउने अधिकृत सिंहले जानकारी दिए । त्यसै गरी जेटीईको एक्सन मिनी, एचटीसीको डी ७२८ र ६२६ जी प्लस मोडलका मोबाइल खरिद गर्नेले टेक्नोजको १५.६ इञ्चको एलईडी टिभि पाउने अफर रिचार्जरले ल्याएको छ ।

ग्लोबल कि टक्नोलोजीका प्रबन्ध निर्देशक टिकाराम बुढाथोकीले प्रत्येक महिनामा यस्ता अफरहरु कम्तीमा एक पटक सञ्चालन गरिन बताए । मोबाइल रिचार्जर एप प्रयागकर्तले क्यास ब्यकको उपयोग गरि सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंग गर्न सक्ने उनले जानकारी दिए ।

यो एप प्रयोगकर्ताले ११ वटा बैंकको इ बैंकिंग, इसेवा, आईएमई पे लगायतका गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न क्यास ब्याकको उपयोग गर्न सक्ने प्रबन्ध निर्देशक बुढाथोकीले जनाए ।

‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’ भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जरले १ हजारभन्दा बढी ब्राण्डसंग सहकार्य गर्दै सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।

Advertisement

Advertisement

Advertisement