राष्ट्रिय ध्वजाबहाक हुँदाहुँदै ओली फेरि हिमालय एयरलाइन्स चार्टर्ड गरेर चीन जाने

Advertisement

काठमाडौंः प्रधानमन्त्री केपी ओली यस पटक पनि हिमालय एयरलाइन्सको जहाज चार्टर गरेर चीन भ्रमणमा जाने भएका छन् । यसअघिको भ्रमणमा पनि उनले सोही एयरलाइन्स चार्टर्ड गर्दा व्यापक विरोध भएको थियो ।

राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगम हुँदाहुँदै ओली नेतृत्वको टोली हिमालय एयरलाइन्स चढेर असार ५ गते चीन भ्रमणमा जाने तयारीमा जुटेको छ । चिनियाँ लगानी रहेको निजी क्षेत्रको उक्त एयरलाइन्सलाई भारतले अहिलेसम्म उडान अनुमति दिएको छैन ।

नेपाल वायुसेवा निगमको जहाज लिएर जाँदा धेरै शुल्कहरु तिर्नु नपर्ने भए पनि ओली नेतृत्वको टोलीले हिमालय एयरलाइन्सको प्रवद्र्धनका लागि सो जहाज चार्टर्ड गरेर जान लागेका हुन । सोचेजस्तो बजार विस्तार गर्न नसकेपछि हिमालय एयरलाइन्सले आफ्नो उडान सेवा खुम्च्याउँदै लगेको छ ।

एयरबस ३२० सिरिजका तीन जहाज भाडामा लिएर सञ्चालन गर्दै आएको हिमालय एयरलाइन्समा तिब्बत एयरलाइन्सको ४९ प्रतिशत सेयर छ भने नेपाली व्यवसायी आङछिरिङ शेर्पाको बाँकी लगानी रहेको छ । अन्य नेपाली लगानीकर्ताहरुसँग विवाद बढ्दै गएपछि अहिले शेर्पा मात्रै बाँकी रहेका हुन ।

Advertisement

Advertisement

Advertisement