हिमालय एयरलाइन्स भन्छ– सम्माननीय प्रधानमन्त्रीलाई लिएर उडन पाउँदा गर्व लागेको छ

Advertisement

काठमाडौंः हिमालय एयरलाइन्सले चीनको औपचारिक भ्रमणको लागि प्रधानमन्त्री केपी ओली नेतृत्वको टोलीलाई लिएर उड्न पाउँदा खुशी लागेको बताएको छ । राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगम हुँदाहुँदै ओली निजी विमानबाट चीन गएको भन्दै आलोचना भइरहेको बेला कम्पनीले खुशी जनाएको हो ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष श्रेष्ठ भन्छन– हिमालय एअरलाइन्सले पुनः सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनको औपचारिक भ्रमणका लागि लिएर उड्न पाउँदा हामी खुशी र गौरवान्वित छौ । नेपाल सरकारले हाम्रो सेवा विस्तारमा गरेको सहयोगमा हामी कृतज्ञ छौं ।

प्रधानमन्त्री ओलीलाई दोस्रो पटक पनि उडाउने अवसर पाउँदा आफूहरुलाई अझै बढी मेहेनत गरेर गुणस्तरीय सेवा प्रदान अवसर मिलेको भन्दै श्रेष्ठले नेपाली आतिथ्य संस्कारसहित यात्रालाई सुविधा सम्पन्न, सहज र सुरक्षित बनाउन आफूहरु प्रतिबद्ध रहेको जनाएका छन् ।

चिनियाँ लगानी रहेको हिमालय एयरलाइन्सलाई यसअघि प्रधानमन्त्री हुँदा पनि ओलीले चीन जाने क्रममा लिएर गएका थिए । ओली नेतृत्वको टोली हिमाल यएअरलाइन्सको एयरबस ३२० मार्फत मंगलबार बिहान चीन प्रस्थान गरेका हुन । घाटा लागेको भन्दै हिमालय एयरलाइन्सले आफ्नो उडान गन्तव्यहरु घटाउँदै लगेको छ ।

Advertisement

Advertisement

Advertisement